विकट गाउँमा निःशुल्क भिडियो एक्सरे
धादिङ : जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निःशुल्क भिडियो एक्सरे सेवाबाट १०० भन्दा बढी लाभान्वित भएका छन्।
गाउँपालिकाले भिडियो एक्सरे सेवा शुरु गरेपछि धेरै महिलाको ज्यान जोगिएको गाउँपालिकास्थित स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए।
बसेरीमा १६ जना, बुढाथुममा १४ जना, फूलखर्कमा १८ जना, गुम्दीमा २८ जना र रिकोका दुई स्वास्थ्यचौकीमा ३५ जना गरी १०८ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका अधिकारीले जानकारी दिए।
गाउँपालिकाका छ वटा स्वास्थ्य संस्थामा पुगेर गर्भवतीको अवस्था, पेटमा भएका बच्चाको अवस्था, पेटमा पानीको मात्रा, बच्चाको अवस्था र बच्चाको मुटुको धड्कनको अवस्थाबारे थाहा पाएर स्वास्थ्य समस्या पहिचान गरी उपचारमा जान सल्लाह दिइएको बताइएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने