विकट गाउँमा निःशुल्क भिडियो एक्सरे
धादिङ : जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निःशुल्क भिडियो एक्सरे सेवाबाट १०० भन्दा बढी लाभान्वित भएका छन्।
गाउँपालिकाले भिडियो एक्सरे सेवा शुरु गरेपछि धेरै महिलाको ज्यान जोगिएको गाउँपालिकास्थित स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए।
बसेरीमा १६ जना, बुढाथुममा १४ जना, फूलखर्कमा १८ जना, गुम्दीमा २८ जना र रिकोका दुई स्वास्थ्यचौकीमा ३५ जना गरी १०८ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका अधिकारीले जानकारी दिए।
गाउँपालिकाका छ वटा स्वास्थ्य संस्थामा पुगेर गर्भवतीको अवस्था, पेटमा भएका बच्चाको अवस्था, पेटमा पानीको मात्रा, बच्चाको अवस्था र बच्चाको मुटुको धड्कनको अवस्थाबारे थाहा पाएर स्वास्थ्य समस्या पहिचान गरी उपचारमा जान सल्लाह दिइएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण