वंशाणुगत रोगको सम्पूर्ण परीक्षण अब नेपालमै
काठमाडौं: वशांणुगत रोगसम्बन्धी सम्पूर्ण परीक्षण अब नेपालमै हुने भएको छ । नोभा इन्टरनेशनल डाइग्नोस्टिकले अत्याधुनिक प्रविधि सहितको ल्याब स्थापना गरेसँगै वंशाणुगत रोगको सम्पूर्ण परीक्षण नेपालमै सम्भव भएको हो ।
ललितपुरको कुसुन्तीमा रहेको ल्याबमा डाउन सिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी लगायतका वंशाणुगत रोग सजिलै पहिचान गर्न सकिने वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले बताइन । उनले भनिन, ‘नेपालमा यस प्रकारको अत्याधुनिक प्रविधिसहितको नोभा इन्टरनेशनल डाइग्नोस्टिक पहिलो हो जसमा धेरै प्रकारका परीक्षण गर्न सकिन्छ जुन यस अघि भारत लगायत अन्य देशमा पठाउने गरिन्थ्यो ।’
हालसम्म वंशाणुगत रोगसम्बन्धी सामान्य केही परीक्षण बाहेक अन्य सबै परीक्षणका लागि बाहिर पठाउन बाध्य भएको पनि डा ठाकुरले जिकीर गरिन्। देश भित्रै सेवा नभएपछि महंगो शुल्क तिरेर सेवा लिन बिराम्मी पनि बाध्य थिए । तर यो सेन्टरको स्थापनासँगै अब भने कुनै पनि जाँचका लागि विदेश पठाउन नपर्ने पनि डा ठाकुरले दाबी गरिन्। डा ठाकुरकै प्रयासमा वीर अस्पतालमा वंशाणुगत रोगको ल्याब स्थापना गरिएको भए पनि उक्त ल्याबमा सिमीत मात्रामा मात्रै केही जाँचहरु हुँदै आएको छ ।
यस अत्याधुनिक ल्याबमा स्तन क्यान्सर हुन सक्ने सम्भावना छ वा छैन भनेर हेर्ने ब्राका १ र ब्राका २ जाँच, बच्चा खेर गइरहने समस्या किन हुन्छ भनेर गरिने जाँच, पेटमा भएको बच्चामा कुनै रोग छ की छैन भनेर गरिने जाँच यसैगरी आइभीएफ गर्दा कुन चाहिं भ्रुण सबैभन्दा बढी सुरक्षित छ लगायतका जाँच गरिने पनि डा ठाकुरले जानकारी दिइन्।
स्थापनाको अवसरमा नोभाले एक महिनाका लागि आफना सबै बिरामीलाई सबै प्रकारका जाँचमा २५ प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष डा उज्वल ठाकुरले जानकारी दिए । युवापुस्ताका विशेषज्ञ टिम लिएर स्थापना भएको नोभा इन्टरनेशनल डाइग्नोस्टिकले शनिबारदेखि आफनो सेवा शुरु गरेको हो ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र