प्रधानमन्त्री ओलीले भने, सबै अंग चुस्त दुरूस्त छन्, २० वर्ष त केही हुँदैन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो आफू बिरामी नरहेको जिकिर गरेका छन्।
शुक्रबार बिहान आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले केही समय आराम गर्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको आरोप लगाएका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भए पनि अहिले तन्दुरुस्त रहेको जिकिर गरे। आफ्नो स्वास्थ्यबारेका समाचार पनि ‘हाँगा हालेर’ आएको भन्दै प्रधानमन्त्रीले कटाक्ष गरे।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सरोकार राख्ने शुभचिन्तकसँग ढुक्क रहन आग्रह गरे। ‘गत साता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीदेखि कान्छी औँलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०\२५ वर्ष केही हुँदैन भनेका छन्।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण