प्रधानमन्त्री ओलीले भने, सबै अंग चुस्त दुरूस्त छन्, २० वर्ष त केही हुँदैन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो आफू बिरामी नरहेको जिकिर गरेका छन्।
शुक्रबार बिहान आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले केही समय आराम गर्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको आरोप लगाएका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भए पनि अहिले तन्दुरुस्त रहेको जिकिर गरे। आफ्नो स्वास्थ्यबारेका समाचार पनि ‘हाँगा हालेर’ आएको भन्दै प्रधानमन्त्रीले कटाक्ष गरे।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सरोकार राख्ने शुभचिन्तकसँग ढुक्क रहन आग्रह गरे। ‘गत साता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीदेखि कान्छी औँलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०\२५ वर्ष केही हुँदैन भनेका छन्।’
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो