प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बिहानैदेखि व्यस्त
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। बिहीबार ज्वरोका कारण अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।
शुक्रबार बिहानैदेखि उनी नियमित काममा लागेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहानैदेखि भेटघाट र आफ्नो काममा लागेका छन्। बिहीबार ज्वरो सहित टाउको दुखेपछि बालुवाटारमानै बस्ने भनिएको पूर्वनिर्धारित नेकपाको सचिवालय बैठक स्थगन गरेर प्रधानमन्त्रीले आराम लिएका थिए।
प्रधानमन्त्रीले आराम लिएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर धेरै अड्कलबाजी गरिएको थियो। उनी पुनः सिंगापुर जाने चर्चा समेत चलेको थियो। तर, तत्कालै सिंगापुर जानुपर्ने अवस्था नरहेको बताइएको छ।
चिकित्सकका अनुसार सिंगापुरबाट प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरेर आएपछि पनि पहिलेकै औषधि नियमित सेवन गरिरहेका छन्।
यसअघि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘उहाँकाे स्वास्थ्य अवस्थाबारे अड्कलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ।’
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने