यो वर्षको जुलाई अहिलेसम्मकै सबभन्दा गर्मी महिना
यो वर्षको जुलाई अहिलेसम्मकै सबभन्दा गर्मी महिना भएको वैज्ञानिकहरूले बताएका छन्।
अमेरिकी संघीय वैज्ञानिकहरूको संस्था नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) ले जुलाईमा विश्वको तापक्रम ६२.१३ डिग्री फहरेनहाइट रहेको बताएका छन्। यो २० औँ शताब्दीको औसतभन्दा १.७१ डिग्री धेरै रहेको उनीहरूको भनाइ छ।
नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले पनि सन् २०१९ जुलाईलाई सबभन्दा गर्मी महिना भनेको छ। यसले एनओएएले भन्दा फरक विधिले विश्लेषण गरेर निष्कर्ष निकालेको हो।
जुलाई दक्षिणी अफ्रिका, स्ट्रेलिया र यूरोपका केही भागमा सामान्यभन्दा बढी सुखा रह्यो भने दक्षिण तथा पूर्वी एसियामा भारी वर्षाले प्रभावित पार्यो। यूरोपमा धेरै सुख्खा रह्यो। फ्रान्सदेखि युक्रेनसम्म तातो हावा बह्यो। भारत, बंगलादेश तथा नेपालमा हुरीसहितको भारी वर्षाका कारण सयौँले ज्यान गुमाए। अत्यधिक गर्मीका कारण विभिन्न स्वास्थ्य समस्याले बिरामी हुने र मृत्यु हुनेकाे संख्या पनि बढेकाे छ।
अलास्का, ग्रीनल्याण्ड, साइबेरिया, मध्य एसिया र इरानका केही भागका साथै अन्टार्कटिकामा तापक्रम धेरै बढी थियो।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य