पहिराेकाे जाेखिममा स्वास्थ्यचाैकी
बैतडी : स्वास्थ्यचौकीको भवन पनि जोखिममा बैतडीको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेको छ। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेकाले भवन नै जोखिममा परेको हो।
वर्षातका कारण स्वास्थ्यचौकी माथिबाट खसेको पहिरोले स्वास्थ्यचौकीको भित्तातिर क्षति पुर्याएको इन्चार्ज भूपेन्द्र बिष्टले बताए। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेपछि भवनको कोठाभित्र पानी पसेको स्वास्थ्यचौकीका अहेब बीरबहादुर बोहराले बताए। माटोले स्वास्थ्यचौकीको भवनको पछाडिको भाग छोपेपछि पानी भित्र पसेको हो।
कोठाभित्र पानी पसेपछि औषधी स्टोरमा समस्या भएको छ । करीब २ करोडको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन एक महिनाअघि मात्रै स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो। स्वास्थ्यचौकीको माथिपट्टी भिरालो जमिन भएको र तलबाट टेवा पर्खाल नबनाएका कारण पहिरो खसेको बताइएको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !