पहिराेकाे जाेखिममा स्वास्थ्यचाैकी
बैतडी : स्वास्थ्यचौकीको भवन पनि जोखिममा बैतडीको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेको छ। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेकाले भवन नै जोखिममा परेको हो।
वर्षातका कारण स्वास्थ्यचौकी माथिबाट खसेको पहिरोले स्वास्थ्यचौकीको भित्तातिर क्षति पुर्याएको इन्चार्ज भूपेन्द्र बिष्टले बताए। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेपछि भवनको कोठाभित्र पानी पसेको स्वास्थ्यचौकीका अहेब बीरबहादुर बोहराले बताए। माटोले स्वास्थ्यचौकीको भवनको पछाडिको भाग छोपेपछि पानी भित्र पसेको हो।
कोठाभित्र पानी पसेपछि औषधी स्टोरमा समस्या भएको छ । करीब २ करोडको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन एक महिनाअघि मात्रै स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो। स्वास्थ्यचौकीको माथिपट्टी भिरालो जमिन भएको र तलबाट टेवा पर्खाल नबनाएका कारण पहिरो खसेको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण