चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी ३ जनाको नाम सिफारिस
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको बुधबार बसेको बैठले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।
स्रोतका अनुसार उपाध्यक्षका लागि दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तरवार्ताका आधारमा लोक सेवा आयोगकै पद्धतीमा आधारित भएर एक दुई र तीन नम्बरमा नाम सिफारिस भएको हो ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?