दाँत अड्याउने ‘डेन्टर’ आठ दिनसम्म अड्किँदा…
कृत्रिम दाँत अड्याउन मुखमा राखिएको ‘डेन्टर’ शल्यक्रियाको क्रममा ननिकाल्दा एक व्यक्तिको घाँटीमा अड्किएको खुलासा भएको छ। शल्यक्रिया गरेको आठ दिनपछि मात्रै घाँटीमा कृत्रिम दाँतको भाग अड्किएको खुलासा भएको हो।
७२ वर्षका बेलायती पुरुषको मुखमा रहेको कृत्रिम दाँत शल्यक्रियाको क्रममा निकालिएको थिएन। दाँत अड्याउन प्रयोग भएको केही भाग उनको घाँटीमा गएर अड्किएको थियो। याे कुरा शल्यक्रिया भएको आठ दिनपछि मात्रै जानकारी भएको एक मेडिकल जर्नलनमा प्रकाशित भएको छ।
ती व्यक्ति निल्न समस्या हुने तथा खकारमा रगत खाउने समस्या देखिएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना भए। डाक्टरले छातीको एक्सरे गरे, निमोनिया भएको भन्दै एन्टिबायोटिक र स्टेरोइड्स दिएर घर पठाए। तर समस्या समाधान भएन।
त्यसपछि ती व्यक्ति अर्को अस्पताल गए। त्यहाँ गरिएको एक्सरे पछि उनको घाँटीमा कृत्रिम दाँत अड्याउन प्रयोग भएको डेन्टरको केही भाग अड्किएको थाहा भयो।
कृत्रिम दाँत अड्याउन प्रयोग भएको फलामको प्लेट र तीनवटा कृतिम दाँत उनको घाँटीको माथिल्लो भागमा अड्किएको थियो। डाक्टरले अड्किएको दाँत निकालेपछि उनलाई आराम भयो।
शल्यक्रियाअघि आफ्नो मुखमा रहेका कृत्रिम दाँत या अरु मुखसम्बन्धी समस्याका बारेमा पनि बताउनु पर्ने अमेरिकाको टेक्सासमा रहेको ड्रिस्कोला चिल्ड्रेन हस्पिटलका डा. म्यारी डेल पिटर्सनले बताए।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा