हेटाैँडामा डेंगु नियन्त्रण गर्न सेना र प्रहरी
हेटौँडा : डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी पनि सहभागी भएका छन्।
हेटौँडाको पशुपति मन्दिर परिसरबाट बुधबार बिहान विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेश र स्थानीय तहका पदाधिकारी, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत, नगर प्रहरी र स्थानीयवासी ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा सहभागी भएका हुन्।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिका ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ। यो सङ्ख्या जिल्लाभरिको डेङ्गु सङ्क्रमितहरुको करिब आधा हो।
डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि बृहत सचेतना, सरसफाइ तथा डेङ्गु सार्नसक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखाले जनाएको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने