बंगलादेशमा डेंगुले मृत्यु : सरकारी तथ्यांकमा ४०, सञ्चारमाध्यम भन्छन् १००
बंगलादेशमा सन् २०१९ मा डेंगुका कारण ४० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेंगुको आशंकामा हजारौँ बिरामी भर्ना भएपछि अस्पतालहरूमाअसहजता उत्पन्न भएको छ।
बंगलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भएका छन्। सोमबार मात्रै बंगलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताइन्।
मन्त्रालयले अहिलेसम्म ४० जनाको मात्रै मृत्यु भएको बताइरहँदा बंगलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका थिए। बंगलादेशमा एक साता लामो इद मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिँदारोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै