‘चिकित्सकहरूको पदस्थापन र समायोजन ऐनविपरीत’
काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐनविपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरूको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको उल्लेख छ।
पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्ष्य गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ। चिकित्सकहरूको समायोजन विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ।
निश्चित कार्यविधि र मापदण्ड वैज्ञानिक एवं पारदर्शी रूपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग संघले माग गरेको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने