‘चिकित्सकहरूको पदस्थापन र समायोजन ऐनविपरीत’
काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐनविपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरूको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको उल्लेख छ।
पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्ष्य गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ। चिकित्सकहरूको समायोजन विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ।
निश्चित कार्यविधि र मापदण्ड वैज्ञानिक एवं पारदर्शी रूपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग संघले माग गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण