वीरगञ्जमा भाइरल ज्वराेकाे प्रकाेप
वीरगञ्ज : वीरगञ्ज र आसपासका क्षेत्रमा केही दिनयता भाइरल ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या बढेको छ।
पछिल्ला दिनमा ओपीडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको नारायणी अस्पतालले जनाएको छ। ओपीडीमा दैनिक आउने ३०० हाराहारीका बिरामीमध्ये २०० सय जना जति भाइरल संक्रमित बिरामी हुने गरेका छन्।
बिरामीहरूमा खासगरी ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, नाकबाट पानी बग्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिएको चिकित्सकले बताएका छन्।
अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैँ हराएर जाने भए पनि अस्पताल जानुको विकल्प नहुने चिकित्सकहरू बताउँछन्। १०३ डिग्री फरेनहाइट वा त्योभन्दा बढी ज्वरो आए तुरुन्तै अस्पताल जानुपर्ने सुझाव उनीहरू दिन्छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने