विद्यालयमा मेसिनबाट सेनेटरी प्याड
कञ्चनपुर : वेदकोट नगरपालिकाले मेसिनबाट सेनेटरी प्याड आउनेगरी सामुदायिक विद्यालयमा ‘एटिएम मेसिन’ जडान गरेको छ।
वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको जानकारी दिए। नगरपालिकाले २६ लाख ३३ हजार रुपैयाँमा सो मेसिन जडान गरेको हो।
‘महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायत समस्या नदेखिउन् भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो’, चन्दले भने।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स