डोटीमा पहिलोपटक डिजिटल एक्सरे मेसिन, जडान गर्न प्राविधिक छैनन्
डोटी : जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेसिन आएको छ। डिजिटल एक्सरे मेसिनका सम्पूर्ण सरसामान तथा पाटपुर्जा आइसकेको जिल्ला अस्पताल डोटीका मेसु डा.भूषण मिश्रले जानकारी दिए। जडान गर्न प्राविधिक भने आउन बाँकी रहेकाे बताइएकाे छ।
नयाँ तथा पहिलो पटक आएको उक्त डिजिटल एक्सरे मेसिन जडान गर्न आवश्यक पर्ने बायोमेडिकल इन्जिनियर प्रदेश सरकारले चाँडै पठाउने जानकारी आएको जिल्ला अस्पताल डोटीले जनाएको छ।
अस्पतालमा भएको सादा एक्सरे मेसिन पनि बिग्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारले उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएको हो।
जिल्ला अस्पतालमा यसअघि एक्सरे मेसिन बिग्रिएका कारण स्थानीय बासिन्दा दिपायल तथा जिल्ला बाहिर जान बाध्य थिए।
जिल्ला अस्पताल डोटीमा सेवा थपिदै आएपनि अस्पतालमा सरकारी दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित