सुत्केरीलाई ५०० रुपैयाँ प्रोत्साहन भत्ता
कञ्चनपुर : सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरूप ५०० भत्ता दिने गरेको छ।
सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा नियमितरूपमा स्वास्थ्य जाँच गर्ने महिलालाई भत्ता व्यवस्था नगरपालिकाले गरेको छ ।
सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताए।
स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि नगरपालिकाका अधिकांश सुत्केरीले नियमित स्वास्थ्य जाँच गर्न थालेको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा भने ४४३ महिलाले सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी चालू आवदेखि नगरपालिकाले ‘उपप्रमुख’ सुत्केरी स्याहार कार्यक्रमसमेत लागू गरेको छ। सो कार्यक्रमबाट सुत्केरी महिलाले दुई हजार बराबरको सामान पाउनेछन् ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने