सुत्केरीलाई ५०० रुपैयाँ प्रोत्साहन भत्ता
कञ्चनपुर : सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरूप ५०० भत्ता दिने गरेको छ।
सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा नियमितरूपमा स्वास्थ्य जाँच गर्ने महिलालाई भत्ता व्यवस्था नगरपालिकाले गरेको छ ।
सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताए।
स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि नगरपालिकाका अधिकांश सुत्केरीले नियमित स्वास्थ्य जाँच गर्न थालेको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा भने ४४३ महिलाले सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी चालू आवदेखि नगरपालिकाले ‘उपप्रमुख’ सुत्केरी स्याहार कार्यक्रमसमेत लागू गरेको छ। सो कार्यक्रमबाट सुत्केरी महिलाले दुई हजार बराबरको सामान पाउनेछन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण