मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी
काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।
सेन्टरको पाँचौँ तल्लाबाट साेमबार साढे ७ बजेतिर आगलागी शुरु भएको हो। पाँचौँ तलामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पताल पुगेका थिए।
आगलागीबाट मानवीय क्षति भने नभएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण