मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी
काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।
सेन्टरको पाँचौँ तल्लाबाट साेमबार साढे ७ बजेतिर आगलागी शुरु भएको हो। पाँचौँ तलामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पताल पुगेका थिए।
आगलागीबाट मानवीय क्षति भने नभएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित