अवैध रूपमा सञ्चालित आधा दर्जन स्वास्थ्य संस्थामा शिल
सिरहा : लामो समयदेखि नवीकरण नगरी अवैध रूपमा सञ्चालित आधा दर्जन निजी स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ।
नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गरी सञ्चालन गरिरहेको सिरहाका लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक र हिमालय डेन्टल क्लिनिकमा शिलबन्दी गरिएको हो। यस्तै सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए ।
त्यसैगरी लहानस्थित मेरीगोल्ड पोलिक्लिनिक एण्ड डाइगनोस्टिक सेन्टर प्रालि बन्द गराएर प्रहरी निगरानीमा राखिएको कर्णको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको उनले जानकारी दिए।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित