अवैध रूपमा सञ्चालित आधा दर्जन स्वास्थ्य संस्थामा शिल
सिरहा : लामो समयदेखि नवीकरण नगरी अवैध रूपमा सञ्चालित आधा दर्जन निजी स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ।
नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गरी सञ्चालन गरिरहेको सिरहाका लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक र हिमालय डेन्टल क्लिनिकमा शिलबन्दी गरिएको हो। यस्तै सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए ।
त्यसैगरी लहानस्थित मेरीगोल्ड पोलिक्लिनिक एण्ड डाइगनोस्टिक सेन्टर प्रालि बन्द गराएर प्रहरी निगरानीमा राखिएको कर्णको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको उनले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण