प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ’
काठमाडौं: स्वास्थ्य जाँच गराएर सिंगापुरबाट सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्किए लगत्तै सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्य लाभको कामना गर्ने चिकित्सक टोली एवम शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् ।
स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर गएका थिए ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै