स्वास्थ्य परीक्षण सकी प्रधानमन्त्री स्वदेश फर्किए
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। उनी सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्।
साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। गत शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भए पनि थप तीन दिन बसेर उनी सोमबार फर्किएका हुन्।
ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि उनले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने