ध्यान गर्दा हुन्छन् यी फाइदा
ध्यान गरेरै मनमा हुने धेरै प्रकारका अशान्तिबाट टाढा रहन सकिन्छ। ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्ता हटाउन सकिन्छ। त्यस्तै धैर्यको विकास गर्न पनि ध्यान गर्न आवश्यक छ ।
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुन्छ। नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा र टाउको दुखाइबाट राहत पाइन्छ।
भावना बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ। जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ।
भौतिक जीवनबाट हुने हरेक किसिमको तनाव ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ। यसका कारण स्वास्थ्य समस्या समेत दूर हुन्छन्। ध्यान गर्दा मस्तिष्क एकाग्र गरिने हुनाले निराशा, व्याकुलता र इर्स्या हट्छ।
ध्यान गर्दा मानिसमा नकारात्मकता हट्छ। सकारात्मक सोच पलाउँछ। सकारात्मक सोचले मानिसको व्यक्तित्वमा परिवर्तन ल्याउँछ। मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता बढ्छ। जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउँछ र उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त