नेता सिंहको स्वास्थ्यमा सुधार
काठमाडौं : मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएको छ। ६३ वर्षीय सिंह उच्च ज्वरो आएपछि एक साताअघि अस्पतालमा भर्ना भएका थिए।
आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए।
परीक्षणका क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो। उनलाई डा. मिमी गिरीको नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त