स्वास्थ्य परीक्षण सकी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँदै छन्। उनी दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने छन्।
साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। उनी गत शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भए पनि तीन दिन बसेर सोमबार फर्किन लागेकाे प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि उनले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोली सिंगापुर गएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण