डेंगु महामारी नियन्त्रण बाहिर
काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा डेंगु संक्रमणको दर बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्। डेंगुबारे जानकारी दिन आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार सम्मेलनमा उनीहरुले डेंगु प्रत्येक वर्ष बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन्।
नेपालमा सन् २००४ मा पहिलोपटक एक जना विदेशीमा डेंगु फेला परेको थियो । त्यसपछि सन् २००६ मा चितवनका एक जना ब्यक्तिलाई डेंगु भएको थियो । त्यसयता डेंगु प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । आर्थिक वर्ष २०७० -७१ मा ३ सय २ जनामा देखिएको डेंगु संक्रमण गत आर्थिक वर्षको अन्त्य सम्ममा ३ हजार ४ सय २५ जनामा देखिएको छ । प्रदेश नम्बर १ मा सबै भन्दा बढी डेंगु संक्रमित पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए । उनले भने, ‘अहिले सम्म बढी प्रदेश १ त्यो पनि सुनसरीमा देखिएको छ । सुनसरीमा मात्रै ३ हजार १ सय ५२ जनामा डेंगु फेला परेको छ ।’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशिलनाथ प्याकुरेलले पछिल्लो समय डेंगु नियन्त्रण हुन नसक्नुको कारण संघ, प्रदेश र स्थानिय सरकाबिच तालमेल नहुनु रहेको बताए । उनले भने , ‘पहिले संघमै सबै अधिकार थियो सबै निर्णय छिटो हुन्थ्यो तर अहिले बजेट, अधिकार सबै स्थानीय लेबलमा गएको हामीेले सहयोग मागे मात्र गर्न सक्ने अवस्थामा छौं जसले गर्दा यसको नियन्त्रणमा समस्या आएको छ ।’
हाल सुनसरी, महोत्तरी, सर्लाही, चितवन, कास्की र रुपन्देहीमा डेंगुले महामारीकै रुप लिएको पनि निर्देशक लालले बताए । डेंगु गराउने लामखुट्टे सफा पानीमा बस्ने हुँदा आफना वरिपरी पानी जम्न नदिनु नै यसबाट बच्ने उत्तम उपाय भएको पनि उनको भनाई छ ।
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण