एम्बुलेन्समा प्रहरीकाे निगरानी
विराटनगर : मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समा प्रहरीले निगरानी बढाउन थालेको छ। एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाइ गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।
अधिकांश एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो आएपछि निगरानी बढाएको उनको भनाइ छ। एक साताअघि आकस्मिक जाँचका क्रममा विराटनगरमा दुईवटा एम्बुलेन्सका चालकले मापसे गरेको पाइएको थियो।
मोरङमा एक सय ३८ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांक छ। स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउने बताए।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त