एम्बुलेन्समा प्रहरीकाे निगरानी
विराटनगर : मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समा प्रहरीले निगरानी बढाउन थालेको छ। एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाइ गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।
अधिकांश एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो आएपछि निगरानी बढाएको उनको भनाइ छ। एक साताअघि आकस्मिक जाँचका क्रममा विराटनगरमा दुईवटा एम्बुलेन्सका चालकले मापसे गरेको पाइएको थियो।
मोरङमा एक सय ३८ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांक छ। स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउने बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित