स्वास्थ्य परीक्षणकाे रिपाेर्ट आएन, प्रधानमन्त्री भाेलि मात्र स्वदेश फर्किने
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यक्रम फेरि सरेको छ। सोमबार मात्रै स्वदेश फर्किने उनको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकालाई प्रधानमन्त्रीको स्वदेश फिर्ती ढिलो भएको बताइएको छ। यसअघि शुक्रबार स्वदेश फर्किने तालिका रहेकोमा परीक्षण बाँकी रहेको भन्दै आइतबारका लागि सारिएको थियो।
आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा भइरहेको छ। उनी यही १८ साउनमा त्यता गएका थिए।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त