एम्बुलेन्स किन्न महायज्ञ, ३५ लाख संकलन
तनहुँ : व्यास नगरपालिका–१४ केशवटारमा आयोजित महायज्ञमा ३५ लाख रुपैयाँ उठेको छ।
सर्वसाधारणलाई स्वास्थ्य संस्थामा पुग्न सहज बनाउने उद्देश्यसहित एम्बुलेन्स खरिदका लागि साउन २० गतेदेखि सञ्चालित महायज्ञमा ३५ लाखभन्दा बढी दान संकलन भएको हो।
महायज्ञ केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको हो। बिरामी हुँदा एम्बसलेन्स नभएका कारण यहाँका सर्वसाधारणले एम्बुलेन्स प्रयोग गर्न नपाएका कारण विद्यालयको सक्रियतामा महायज्ञ गरिएको प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिए।
एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गरिएपछि केशवटारका सर्वसाधारण खुशी भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण