शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक शर्माको कार्यकाल सकियाे
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ।
केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माको कार्यकाल साउन २५ मा सकिएपछि आइतबारदेखि पद रिक्त भएको हो। रिक्त पदमा कसलाई ल्याउने भन्ने सरकारले टुंगो लगाउन सकेको छैन।
स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शर्मालाई नै दोहोर्याउन आग्रह गरेका थिए। तर शर्माले दोस्रो कार्यकाल नदोहोर्याउने प्रतिक्रिया दिएको बुझिएको छ।
कार्यकाल सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै शर्माले चार वर्षमा भौतिक संरचना निर्माण र सेवा विस्तार गरेको बताएका छन्। आफू आउँदा अस्पतालको मासिक आम्दानी सात करोड हुने गरेकोमा अहिले १३ करोड पुगेको उनको दाबी छ।
चार वर्षे कार्यकालका लागि अस्पतालमै कार्यरत डा. रामेश कोइराला, डा चन्द्रमणि अधिकारी र डा. युवराज लिम्बु आकांक्षी देखिएका छन्।
गंगालाल मुटुरोगको क्षेत्रमा ‘पायोनियर’ संस्था हो। देशभरबाट मुटुका बिरामी ‘रिफर’ भएर यहाँ आउँछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित