तनहुँमा पनि देखिए डेंगुका बिरामी
तनहुँ : जिल्लामा डेंगुका बिरामी बढेका छन्। वर्षातपछि बढेको गर्मीसँगै तराईका विभिन्न भागमा पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग डेंगुका बिरामी तनहुँमा पनि फैलिएको हो।
व्यास नगरपालिका–१० खहरेका १७ वर्षीय एक किशोरको स्वास्थ्य परीक्षण गराउँदा डेंगुको संक्रमण भेटिएको व्यास नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
दमौली अस्पतालको प्रयोगशालामा किशोरको विभिन्न चरणको स्वास्थ्य परीक्षण गर्दा शुक्रबार डेंगुको संक्रमण देखिएको शाखाका प्रमुख हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।
संक्रमित बिरामीको झुलको प्रयोग गरी दमौली अस्पतालमा बेड भर्ना गरी थप उपचार भइरहेको उनले बताए। यसअघि बिहीबार पनि व्यास नगरपालिकाका एक युवामा डेंगुको संक्रमण देखिएको उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण