अस्पताल परिसरमै फोहोर जलाएपछि स्थानीय बासिन्दा आन्दोलित
झापा : दमकस्थित लाइफलाइन अस्पतालले फोहोर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्। अस्पतालबाट निस्किएको फोहोर परिसरमै जलाउँदा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका हुन्।
अस्पतालले तीन दिनदेखि खुरुखुरु दिउँसो अस्पताल परिसरभित्रै फोहोर जलाएको भन्दै स्थानीवासीले अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिप्रसाद भट्टराईलाई भेटेर अस्पताल घेराउ गर्ने चेतावनी दिएका छन्।
तीन वर्षअघि नै अस्पतालबाट निस्कने फोहोर यसरी नजलाउन अस्पताल प्रशासनलाई भने पनि अस्पतालले नटेरेको स्थानीय पुण्य पोखरेलले बताए। अस्पताल प्रशासनले भने संयोगवस यस्तो भएको जनाएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. भट्टराईले आफूहरूले नियतवस् यस्तो नगरेको प्रतिक्रिया दिए।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।
त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित