शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा
भक्तपुर : सूर्यविनायक नगरपालिका–७ र ८ को संगमस्थल घ्याम्पेडाँडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।
प्रदेश ३ सरकारको १० लाख र सूर्यविनायक नगरपालिकाको १० लाख गरी २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको केन्द्रको उद्घाटन शुक्रबार सांसद महेश बस्नेतले गरे।
नगरपालिकाका प्रमुख वासुदेव थापाले अब सूर्यविनायकको वडा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्ने तयारी गरेको बताए। उनले वडा वडामा रहेका स्वास्थ्य केन्द्रमा समेत प्रयोगशालादेखि सामान्य उपचार शुरु गरेको जानकारी दिए।
उक्त स्वास्थ्य केन्द्रमा गर्भवती जाँच, खोप, ड्रेसिङ, सामान्य उपचार, परिवार नियोजन, स्वास्थ्य शिक्षा, क्षयरोग नियमित औषधि सेवन, विद्यालय स्वास्थ्य शिक्षालगायत विभिन्न सेवा सञ्चालन भएको नगरपालिकाको स्वास्थ्यसेवा शाखाका वसन्तप्रकाश चापागाईँले बताए।
केन्द्र सञ्चालनमा आएपछि गुण्डु, सिपाडोलका सिलामगाल, धाबीखोला, रानीकोट, पाटी भञ्याङ, आशापुरी, काभ्रेको र्यालेलगायतका बासिन्दालाई अब सहज हुने जिल्ला जनस्वास्थ्य केन्द्रका प्रमुख पार्थमणि न्यौपानेले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण