प्रशासन कार्यालयमा स्तनपान कक्ष
जाजरकोट : जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ।
प्रशासन कार्यालयमा काम, कारबाही प्रभावकारी बनाउन स्तनपान कक्ष स्थापना गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो।
यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमाले बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण