सिभिल अस्पतालमा अनलाइन टिकट
काठमाडौं : सिभिल अस्पतालले अनलाइन टिकट काट्न पाउने व्यवस्था गरेको छ। बिहीबार बिहान अनलाइन टिकट प्रणालीको सुरुवात गरिएको अस्पतालले जनाएको छ। पहिलो चरण परीक्षणका रूपमा यो व्यवस्था गर्न लागिएको छ।
सिभिलले ‘प्रभु पे’ मोबाइल वालेटमार्फत ओपिडी टिकट काट्ने व्यवस्था गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीले सानो स्केलबाट सुरुवात गरिएकाे अनलाइन प्रणाली सफल भए पूर्ण रूपमा लागू गरिने बताए।
अब विरामी र आफन्तले घरमै बसेर मोबाइलबाट समेत टिकट काट्न सक्नेछन्। टाढाबाट आउने मान्छेले अनलाइनबाट काट्न नसक्ने भएकाले उनीहरूलाई पुरानै तरिकाबाट टिकट काट्ने व्यवस्था गरिने निर्देशक आरसीले बताए। सिभिलमा दिनहुँ एक हजार बिरामी उपचारको लागि आउँछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित