Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर प्रभावित पत्रकार विरहीका लागि नेजाले थाल्याे रकम संकलन

क्यान्सर प्रभावित पत्रकार विरहीका लागि नेजाले थाल्याे रकम संकलन

काठमाडौं : क्यान्सरसँग लडिरहेका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले रकम संकलन शुरु गरेको छ।

भरतपुर महानगरपालिका १६ मा बस्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ। उनी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।

गो फन्ड मी खोलेर नेजाले रकम संकलनको काम अघि बढाएको हो। नेजाले आफ्नो खातावाट २०१ डलर राखेर ‘गो फन्ड मी’ को सुरुवात गरेको छ। नेजाले यसअघि पनि पत्रकारको सहयोगार्थ आर्थिक संकलन गर्दै आएको छ।

फन्डमार्फत संकलित रकम पत्रकार महासंघ मार्फत पठाइने नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए।

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन्। चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका ९ वटा कृति प्रकाशित छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार