बच्चाको मृत्यु भएपछि ग्राण्डी अस्पतालमा प्रदर्शन
काठमाडौं : उपचाररत बच्चाको मृत्यु भएपछि मृतकका परिवार र आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन्।
गत असार २० गते जन्मिएका गोल्फुटारकी निशा तामाङको जुम्ल्याहामध्ये एक बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले प्रदर्शन गरेका हुन्।
अस्पतालले संक्रमणका कारण जन्मिएको १८ दिनपछि बच्चाको मृत्यु भएको जनाएको छ। बच्चाका बाबु दोर्जेका अनुसार असार ६ गते बच्चाको मृत्यु भएको हो।
उनले सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाको लागि एनआईसीयूमा राखेको आरोप लगाए।
पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे पनि अस्पतालले वास्ता नगरेपछि आन्दोलनमा उत्रिएको परिवारले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण