कारागारमा भाइरल ज्वरोको प्रकोप
उदयपुर : जिल्ला कारागार उदयपुरमा रहेका दुई तिहाइ कैदीबन्दीमा भाइरल ज्वरो देखा परेको छ।
कारागारमा कैद भोगिरहेका १७३ कैदीबन्दीमध्ये १२० जनामा भारइल ज्वरो देखिएको हो। कारागारका प्रमुख जेलर कुमार खड्का अनुसार आइतबारदेखि एका एक बिरामी परेका कैदीबन्दीलाई सोमबार जिल्ला अस्पताल गाईघाटका चिकित्सकको टोली लगेर उपचार गरिएको छ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले ठूलो संख्यामा बिरामी परेको प्रमुख जेलर खड्काले बताए।
उदयपुरका प्रमुख सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी भीमप्रसाद भट्टराईले जिल्ला अस्पतालबाट १५ जनाको चिकित्सक टोली लगेर उपचार गरिएको बताए।
कारागारमा पुरुष १०५ कैदी र बन्दी ५२ जना छन्। महिला कैदी ८ जना, बन्दी ४ जना छन्। आमासँग आश्रित चार नाबालिग छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण