Health TV Online
Health TV Online
Health TV Online

उदयपुरमा दुई एम्बुलेन्स दुर्घटना, ११ जना घाइते

उदयपुरमा दुई एम्बुलेन्स दुर्घटना, ११ जना घाइते

उदयपुर : बिरामी चढेका दुई एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित ११ जना घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका १ बाट गर्भवती लिएर विराटनगर जाँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा बिहान ३ः१० बजे ठोक्‍किएको हो ।

दुर्घटनामा गर्भवती ३२ वर्षीया सबिना बास्तोला सहित चारजना घाइते भएका हुन्।

दुर्घटनामा सबिनाका श्रीमान् ३६ वर्षीय खेमबहादुर बास्तोला, ३६ वर्षीय सिताराम बास्तोला र २८ वर्षीय नीरबहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

त्यसैगरी झापाबाट उदयपुरतर्फ आउँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

झापामा उपचार गरी घर फर्किने क्रममा चुरेमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदरुल मिँया, छोरी २८ वर्षीया सहिजा मिँया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीय सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीया अम्बिका विक र उनका छोरा ११ वर्षीय अशोक बिक घाइते भएका छन्।

घाइते सबैजनाको उपचार जिल्ला अस्पताल उदयपुरमा  भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार