कांग्रेसका नेता सिंह अस्पताल भर्ना
काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल पुगेका थिए।
चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएका उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार–पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए। हाल उनको स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण