ह्याम्स अस्पतालमा एयर एम्बुलेन्स सेवा शुरु
काठमाडौंं : ह्याम्स अस्पतालले सोमबारदेखि एयर एम्बुलेन्स सेवा शुरु गरेको छ। अस्पतालको छतमा नवनिर्मित हेलिप्याडमा एयर डाइनेष्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्बुलेन्स सेवा शुरु गरेको हो।
अस्पतालको छतमा रहेको हेलिप्याडलाई नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टैण्डर्ड विभाग सिनामंगलले सोमबार एयर एम्बुलेन्स सेवा शुरु गर्न अनुमति दिएको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, वरिष्ठ फिजिसियन प्राडा अर्जुन कार्की, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल,अस्पतालका मेडिकल डाइरेक्टर डा भास्कर राज पन्त र अस्पतालका अध्यक्ष रामशरण भण्डारीले एयर एम्बुलेन्स सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण