आज पतञ्जली जयन्ती
काठमाडौं : सनातन संस्कृतिअनुसार सोमबार नागपञ्चमी। यसै दिन पतञ्जलीको जन्मदिन पनि मनाइन्छ।
पतञ्जली योग र आयुर्वेदका प्रतिस्थापक मानिन्छन् भने संस्कृत व्याकरणको वार्तिक भाष्यकारको रूपमा पनि चिनिन्छन्। आयुर्वेद चिकित्सक डा. शेषराज आचार्य दीक्षितका अनुसार पतञ्जली लाई शेषनागको अवतार हुन् भन्ने विश्वास गरिन्छ।
पतञ्जलीले चरकको नामबाट चरकसंहिता भन्ने आयुर्वेद ग्रन्थ रचना गरेका थिए। पतञ्जलीकाे नाम पहिले चरक थियाे। एकदिन उनी नदीमा नुहाएर सूर्यलाई अर्घ दिन अञ्जलीमा पानी झिक्दा पानीसँगै सर्प पनि हातमा आयो।
आत्तिएर पानी फाल्न खाेज्दा सर्पले मनुष्यको वाणी बोल्यो। ती सर्प वास्तवमा शेषनाग थिए। पछि उनले चरकलाई योगको शिक्षा दिए भनेर भनिन्छ। हातबाट सर्प खसेकाले चरक ‘पतञ्जली’ नामले प्रख्यात भएको आयुर्वेद ग्रन्थहरूमा उल्लेख छ। शेषनागद्वारा प्रशिक्षित भएकाले पतञ्जलीलाई उनकै अवतार मानिएको डा. दीक्षित बताउँछन्।
संस्कृत भाषामा उनको स्तुति गरिएको एउटा श्लोका छ, योगले मानसिक रोग, व्याकरणले वाक्य दोष र आयुर्वेद (वैद्य शास्त्र) ले शरीरका रोग हटाउने ऋषिहरूमा श्रेष्ठ पतञ्जलीलाई हात जोडेर नमस्कार गर्दछु। यो श्लोकबाट पतञ्जली योग, आयुर्वेद र व्याकरणका त्रिमूर्ति भएको बुझिन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित