Health TV Online
Health TV Online
Health TV Online

एकै परिवारका सात जनामा डेंगु सङ्क्रमण

एकै परिवारका सात जनामा डेंगु सङ्क्रमण

सुनसरी : सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेंगु सङ्क्रमण भेटिएको छ। पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गु सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको हो।

वडा नं. ४ का सन्तोष गुप्ताको परिवारमा सातै जनामा याे  रोग फेला परेको अस्पतालले जनाएको छ। योसँगै इनरुवामा ११ डेंगु सङ्क्रमित  फेला परेको नगरपालिकाले पुष्टि गरेको छ। डेंगु सङ्क्रिमतको संख्या बढ्ने क्रममा रहेको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ।

नमुना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेव गुणानन्द झाले बताए। ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने बताइएकाे छ।

नगर क्षेत्रभित्र एकसाथ डेंगुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ। इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारी थालेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले वडामा विषादी छर्किन शुरु गरिसकेको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार