भेरी अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्याे
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामीको चाप बढेको छ।
भेरी अस्पतालमा अहिले दैनिक नौ जना मिर्गौलाका बिरामीको डायलासिस हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भेरी अस्पतालमा मिर्गौलाका २३बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन्। अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामीले पालो कुर्नुपर्ने अवस्था छ।
अस्पतालमा डायलासिसका लागि २३ जना पालो कुरेर बसेका छन्। बिरामीको चापअनुसार डायलासिस मेसिन र दक्ष जनशक्ति अभाव छ। चार वटामध्ये एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा. श्रेष्ठले बताए।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको प्रतिक्रिया दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण