Health TV Online
Health TV Online
Health TV Online

दाङमा दुई रक्तसञ्चार केन्द्र : रगत अभाव कायमै

दाङमा दुई रक्तसञ्चार केन्द्र : रगत अभाव कायमै

दाङ : दुईवटा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन रहे पनि दाङमा रगत अभाव समस्या भने कायमै छ।

जिल्लामा मासिक सरदर ३०० युनिट रगत आवश्यक पर्ने रक्त सञ्चार सेवा केन्द्रले जानकारी दिएको छ। रक्तसञ्चार सेवा केन्द्रका अनुसार अझै पनि २० प्रतिशत बिरामीले आफन्तबाट नै रगत लिने गरेका छन्।

तुलसीपुर र घोराहीका रक्तसञ्चारका लागि आर्थिक वर्ष २०७५\०७६ मा  दुई हजार ९६० जनाले रक्तदान गरेका छन्। तुलसीपुरमा ६४४ युनिट रगत संकलन भएकोमा ६७३ युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र सेवा तुलसीपुरले जनाएको छ।

घोराहीमा दुई हजार तीन सय १६ संकलन भएको र त्यसमध्ये दुई हजार दुई सय खपत भएको रक्तसञ्चार सेवा केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेले जानकारी दिए। रक्तसञ्चार सेवा केन्द्र तुलसीपुरमा फ्रिज सानो  भएकाले ६० युनिट भन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको बताइएको छ।

घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी दीपज्योति हस्पिटल, गोर्खा हस्पिटल लगायत अस्पतालमा रगत खपत हुने गरेको छ। त्यसबाहेक जिल्लाबाहिर बुटवल र नेपालगञ्जका अस्पतालहरूमा समेत रगत पठाउने गरिएको छ।

तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर हस्पिटल र तुलसी हस्पिटलमा रगत खपत हुने गरेको छ। तुलसीपुरमा अभाव भए घोराहीबाट र घोराहीमा अभाव भए तुलसीपुरबाट ल्याउने गरिएकाे रक्तसञ्चार केन्द्र सेवा तुलसीपुरका नरेश चौधरीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार