बैतडीका अस्पतालमा झाडापखाला, आउँ र हैजाका बिरामी
बैतडी : जिल्ला अस्पताल बैतडीमा बिरामीको संख्या बढेको छ। दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको जिल्ला अस्पतालले जनाएको छ।
अस्पताल आउने प्रायः झाडापखालाका बिरामी भएको अहेब विनोदप्रसाद भट्टले जानकारी दिए। यसका साथै छालाको रोग, भाइरल ज्वरोका बिरामी पनि बढेको अस्पतालले जनाएको छ।
यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको संख्या बढेको बताइएको छ। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि बिरामीको संख्या बढेको जनाइएको छ।
वर्षातको समयमा पानीको मुहान फोहोर हुने भएकाले अन्य समयको तुलनामा वर्षातमा पानीजन्य रोग बढ्ने गरेको हो। दूषित खानेपानीका कारण झाडापखाला, आउँ, हैजाको प्रकोप बढेकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जिल्ला अस्पतालले आग्रह गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण