ग्यारेजमा थन्क्याइए नेपालगञ्जका घुम्ती शाैचालय
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन्। यहाँका मुख्य चोकहरूमा सवारीसाधन र पैदलयात्रुको भीडभाड हुन्छ।
यसैलाई मध्यनजर गर्दै एसियाली विकास बैंक (एडीबी) को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाख रुपैयाँमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय उपयोगविहीन भएका हुन्।
करिब तीन महिना चोकचोकमा राखिएका घुम्ती शौचालयमा मानिसहरू शौच गर्न नै नआएको भन्दै जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङमा थन्क्याइएको छ। खुला शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले त्रिभुवनचोक, धम्बोझीचोक, बीपीचोक र पुष्पलालचोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो।
ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपर्थ्यो। शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैँले शौचालय सञ्चालन गर्न इच्छा नदेखाएका हुन्। सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका छन्। उपयोग हुने\नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयवासीले गुनासो गरेका छन्।
बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरीद गरेको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित