स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्याेपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू स्वास्थ्य परीक्षणका लागि जान लागेको बताए। प्रधानमन्त्रीका साथमा उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी छन्। उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह पनि भ्रमण टाेलीमा सहभागी छिन्।
प्रधानमन्त्री ओलीको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि हुनेछ। उनले ६ दिन अस्पतालमा रहेर स्वास्थ्योपचार गर्नेछन्।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेकाे उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित