Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर विजेता बालबालिका ‘र्‍याम्प वाक’ मा उत्रिए

क्यान्सर विजेता बालबालिका ‘र्‍याम्प वाक’ मा उत्रिए

काठमाडौं:  क्यान्सर विजेता बालबालिकाहरु क्यान्सर निको हुन्छ भन्ने सन्देश दिन ‘र्‍याम्प वाक’ मा उत्रिएका छन्। ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्‍याम्प वाक’ नाम दिइएको कार्यक्रममा उनीहरुले आ आफनो कला समेत देखाए ।

शनिबार क्यान्सर सहयोग समूहद्धारा आयोजित कार्यक्रममा उनीहरु र्‍याम्प वाकमा उत्रिएका हुन्। बालबालिकाको क्यान्सर निको हुन्छ भन्ने सन्देश दिन एवं उनीहरुलाई समाजमा घुलमिल हुन सजिलो होस भनेर र्‍याम्प वाकको आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन ।

र्‍याम्प वाकमा क्यान्सर विजेता २ देखि १८ वर्ष सम्मका ५० जना बालबालिका सहभागी थिए । उनीहरुलाई साथ दिन क्यान्सर विशेषज्ञ डाक्टरहरु पनि उनीहरुसँगै र्‍याम्पमा उत्रिएका थिए । कार्यक्रममा प्रमुख अतिथी रहेका उपराष्ट्रपति नन्द बहादुर पुनले बालबालिकाको क्यान्सरको उपचार सम्भव भएको भन्दै बेलैमा पत्ता लगाएर उपचारमा आउनुपर्ने बताए ।

उनले क्यान्सर सहयोग समूहले क्यान्सरको क्षेत्रमा गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । उनले क्यान्सर विजेता बालबालिकाको लागि सहयोग स्वरुप १ महिनाको तलब दिने घोषणा समेत गरे ।  सो कार्यक्रममा  भारतीय रियालिटी सो  सारेगमप लिटिल च्याम्पका फाइनलिस्ट आयुष केसीले विशेष प्रस्तुती दिएका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार