Health TV Online
Health TV Online
Health TV Online

डा. प्रकाशराज रेग्मी ‘हार्ट हिरो -२०१९’ बाट सम्मानित

डा. प्रकाशराज रेग्मी ‘हार्ट हिरो -२०१९’ बाट सम्मानित

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मी ‘हार्ट हिरो – २०१९’ बाट सम्मानित भएका छन्। मुटुरोगका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।

डा रेग्मीलाई गत साता एक कार्यक्रम गरी नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट हार्ट हिरो २०१९ घोषणा गरेको हो । यो सम्मान पश्चात डा रेग्मीले जेनेभामा रहेको विश्व मुटु महासंघले निर्माण गर्ने हार्ट हिरो सञ्जालमा रहि विश्वव्यापी रुपमा मुटुरोग रोकथाम अभियानमा सहभागी भई काम गर्नुपर्नेछ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा मुटुरोगबाट हुने युवा मृत्युदरलाई २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । यसै सन्दर्भमा, विश्व मुटु महासंघले मुटुरोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रत्येक देशको सदस्य संस्थाबाट एकजना यस क्षेत्रमा विशेष योगदान दिएका व्व्यक्तिलाई हार्ट हिरो–२०१९ घोषणा गर्ने र यि हार्ट हिरोहरुको विश्वव्व्यापी सञ्जाल बनाई मुटुरोग रोकथाम र नियन्त्रण अभियान चलाउने पहल गरेको छ । यही सन्दर्भमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट डा.रेग्मीलाई हार्ट हिरो २०१९ घोषणा गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार