क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार
दाङ : तुलसीपुर उपमहानगरपालिका–१४ मलवारका विपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवकले चटपटे व्यापार शुरु गरेका छन्।
२० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पुर्याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरूको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन्।
दाङ फिमेना ग्रुप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब ४३ हजार १५७ रूपैयाँ जम्मा गरेको राइट पाथका मेघराज ओलीले जानकारी दिए।
सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ। ओलीको उपचारमा अहिलेसम्म करिब २० लाख खर्च भइसकेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित