पाल्पा प्रहरीकाे आग्रह : जंगली च्याउ नखानुस्
पाल्पा : जंगली च्याउ खाएर सर्वसाधारणको मृत्यु हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान शुरु गरेको छ। जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।
प्रहरीले रामपुर नगरपालिकाको बेझाड, इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका २ देउराली, प्रहरी चौकी हार्थोक, वडा नं ५ मुझुङ, इलाका प्रहरी कार्यालय मुझुङले अभियान चलाएका छन्।
यस्तै रम्भा गाउँपालिका वडा नं ३ को पिपलडाँडा, प्रहरी चौकी राम्दी, निस्दी–३ झिरुवास, रुप्सेभन्ज्याङ प्रहरी चौकी, माथागढी गाउँपालिका–१ अघाहाखोला र आर्यभन्ज्याङ प्रहरी चौकीले सर्वसाधारणलाई जंगली च्याउ नखान सचेत गराएको छ।
यस्ता कार्यक्रमले च्याउ खाएर बिरामी पर्ने तथा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने र समाजमा हुने विविध किसिमका आपराधिक घटना कम भएर सभ्य समाजको निर्माणमा सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
च्याउ खाएर यस वर्ष निस्दी गाउँपालिका–३ मा छ जनाको मृत्यु भइसकेको छ। धेरै जना बिरामी भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित