Health TV Online
Health TV Online
Health TV Online

बालबालिकामा हुने क्यान्सर सम्बन्धी जनचेतनाका लागि ‘र्‍याम्प वाक’

बालबालिकामा हुने क्यान्सर सम्बन्धी जनचेतनाका लागि ‘र्‍याम्प वाक’

काठमाडौं : नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ‘र्‍याम्प वाक’ हुने भएको छ । विहिबार नेपाल क्यान्सर अस्पतालमा भएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।

बालबालिकामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउनका लागि गरिएको उक्त र्‍याम्प वाकमा क्यान्सरको उपचार गराइरहेका र उपचार पछि निको भएका २ वर्षदेखि १८ वर्षसम्मका ५० जना बालबालिका सहभागी हुने कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन ।  र्‍याम्प वाक आगामी शनिबार ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।

यसअघि क्यान्सरबारे जनचेतना जगाउन समूहले नेपालमा पहिलोपटक सर्भाइभरहरुको र्‍याम्प सो गरेको थियो । नेपालमा १० देखि ११ हजार बालबालिकामा क्यान्सर रोग भएको अनुमान गरिएको छ । बालिबालिकाको ८० प्रतिशत क्यान्सर उपचार पछि पूर्ण रुपमा निको हुने भए पनि उपचारमा ढिला आउने गरेका कारण समस्या हुने गरेको बताइन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार